काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ५.३९% ले घटेर ५५ करोड ४ लाख १९ हजार रुपैयाँमा आएको छ । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा लगायत अधिकांश सूचकमा सुधार भएपनि तिर्न बाँकी कर रकम बढेका कारण खुद नाफामा संकुचन आएको छ ।
नाफामा कमी आए पनि बैंकको खुद व्याज आम्दानीमा भने वृद्धि भएको छ । गत आवको असोज मसान्तमा एक अर्ब ३२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा एक अर्ब ४८ करोड रुपैयाँ आम्दानी आर्जन गर्न सफल भएको छ । जुन साढे ११ प्रतिशतले बढी हो ।
तपाईंको प्रतिकृया




