आज बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज बिहीबार   थप ३  हजार ६३७ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३   हजार ६३७  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५  सय ९    पुगेको छ भने आज २१     जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  १ लाख २   हजार ८२०   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८१२  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप