जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा । पोखरा-बाग्लुङ सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग १ ज ५८९६ नम्बरको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री