भक्तपुरमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, बालिका घाइते

भक्तपुर । भक्तपुरमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात वर्षीया एक बालिका घाइते भएकी छन् ।

सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर नगरपालिका ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामा घाइते भएकी छन् । उनको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री