२८ औं दिनमा अनशन तोडे डा. केसीले

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । डा. केसीले सरकारसँग ८ बुँदे सहमतिसँगै बिहान १९औं अनशन तोडेका हुन् ।

अनशन तोड्ने क्रममा उनले त्रिवि शिक्षण अस्पतालका सरसफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिए । अनशन तोडनुअघि डा. केसीले प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए ।

गएराति डा. केसी र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएको थियो । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले सहमतिमा हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री