आज थप २  हजार ५९ जनामा कोरोना पुष्टि १ लाख नाघ्यो नेपालमा कोरोना संक्रमितको संख्या

काठमाडौं ।  आज  शुक्रबार थप  २  हजार ५९ जनामा कोरोना पुष्टि भए​को छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २  हजार ५९   जनामा संक्रमण भएको हो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ६ सय ७६  पुगेको  छ भने १०  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  ७३ हजार २३ जना उपचारपछि निको भएका छन्।  यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६००  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री