डम्मर बम
काठमाडौं । असोज ७ गते बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भयो । वृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी उनको शव मन्दिरमा फेला प-यो । पशु चौपाया बाँध्न सिमछानामा गएको अवस्थामा बलात्कार भएको थियो । शरिर भरी निलडाम र नग्न अवस्थामा बालिकाको शव भेटियो ।
बलात्कारपछि हत्या गर्ने त्यही व्यक्ति हुन, जसले यसअघि सोही ठाउँकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । घटना दबाउनका लागि गाउँमै मिलापत्र गरे, जसबाट १८ वर्षिय अभियूक्त राजेन्द्र वोहराले उन्मुक्ति पाए, जो अहिले अर्को अपराध कसुरमा प्रहरी हिरासतमा छन् । पीडित पक्षको उजुरीको आधारमा पहिलो घटनालाई गाउँमै मिलापत्र गर्ने सात जनालाई जबरजस्ति करणीको मुद्दामा कसुरको प्रमाण दबाउन नहुने विरुद्ध प्रहरीले हिरासतमा लिएको प्रहरी निरीक्षक रुपक खड्काले बताए ।
पहिलो घटनामा उन्मुक्ति नै पाएका उनले बझाङमा दोस्रो घटना गरे । बालिकामाथि भएका बलात्कारका घटना समाजमै सबै कुरा आर्थिक लेनदेन मिलापत्र गर्नाले पीडकलाई प्रोत्साहन मिल्ने र समाजमा अन्य बलात्कार घटना घटाउने प्रवृत्तिको रुपमा बझाङको घटनालाई लिन सकिन्छ । असोज २१ गते काठमाडौमा १७ वर्षीया, बर्दियामा १९ वर्षीया र धनुषामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी अभियुक्तहरुलाई पक्राउ गरेको छ । बालिका बलात्कारका घटना बढ्दै गई रहेको अवस्थामा मुद्दा दर्ता र अभियूक्त प्रक्राउ परेपनि बालिका बलात्कारका घटना भने कमी आउन सकेको छैन ।
पछिल्लो पाँच आर्थिक बर्षको बलात्कारका घटना बढ्दो क्रममा रहेका छन । जसमा ११ देखि १६ बर्ष मुनिका बालिकाहरु बलात्कारको शिकार भएका छन् । आ.व. २०७३/०७४ मा १ हजार १ सय ३१, आ.व. २०७४/०७५ मा १ हजार ४ सय ८०, आ.व. २०७५/०७६ मा २ हजार २ सय ३०, आ.व. २०७६/०७७ मा २ हजार १ सय ४४ र आ.व. २०७७/०७८ को भाद्रसम्ममा ४ सय ९४ जना जबरजस्ति करणी घटना भएको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याकंले देखाएको छ । कार्यालयकै तथ्यांक अनुसार आ.व.२०७७/०७८ को श्रावण महिनामामात्र जबरजस्ति करणी २ सय ६४ वटा भए, जसमा १ सय ६१ बालिका र महिला १ सय ३ रहेका छन् । सात प्रदेशमा बलात्कृत हुने ११ देखि १६ बर्ष मुनिका बालिका बढी रहेका छन । जसको संख्या १ सय ५ जना रहेको छ । त्यस्तै १७ देखि १८ बर्षमुनिका ३२ जना र १० बर्ष मुनिका २४ जना बालिका छन् ।
बलात्कृत हुने १९ देखि ३५ बर्षका ८२ जना र ३६ देखि ६० वर्षका २१ जना महिला छन । आ.व. २०७५/०७६ मा जबरजस्ति करणी देशभर बलात्कृत हुने ११ देखि १६ बर्ष मुनिका ८ सय ८९ जना बालिका छन् । १७ देखि १८ बर्ष मुनिका २ सय ३३ जना र १० बर्ष मुनिका २ सय ९८ जना बालिका छन् । बलात्कृत हुने १९ देखि ३५ बर्षका ३ सय ४६ जना र ३६ देखि ६० वर्षका १ सय ७८ जना महिला छन् । त्यसैगरी आ.व. २०७६/०७७ मा जबरजस्ति करणी देशभर बलात्कृत हुने ११ देखि १६ बर्ष मुनिका ८ सय ०१ जना बालिका छन् । १७ देखि १८ बर्ष मुनिका ३ सय १९ जना र १० बर्ष मुनिका २ सय ७३ जना बालिका छन् । बलात्कृत हुने १९ देखि ३५ बर्षका ६ सय ०९ जना र ३६ देखि ६० वर्षका १ सय ६२ जना रहेका छन् ।
मनोबिकृत भावनाले गर्दा बालिका माथि बलात्कारका घटना भई रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत बताउँछन । उनका अनुसार बलात्कारका अधिकांश घटना आफन्तबाट हुने गरेका छन् । आफुलाई सजिलो र आफ्नो बदनाम नहुने सोचका कारण देखिएको छ । पीडित बालिका वा महिला पनि आफन्तसँग सुरक्षित हुने सोचका कारण विश्वासमा रहने भएकोले पनि त्यसको शिकार भईरहेको प्रहरीका प्रबक्ता कडायतकाे भनाई छ ।
समाजमा बलात्कारका घटना बढ्दै जानु र अभियूक्तले सजाय नपाउनुले कतै कानुन कार्यान्वयन फितलो भएको अवस्था जस्तो देखिएको भन्ने भान आम मानिसमा परेको अधिवक्ता यमकुमार योञ्जनको भनाई छ । उनका अनुसार नेपालमा उमेर समुह अनुसार बलात्कारका घटनामा कठोर कानुनी व्यवस्था गरि सजाय तोकिएपनि नेपाल अन्तराष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी वडापत्र १९६६ पक्ष राष्ट्र भएकोले मृत्यूदण्ड सम्बन्धी कानुन नमिल्ने बताए । नेपालले विभिन्न संन्धिसम्झौता तथा मानबअधिकार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकोले मृत्यूदण्ड सम्बन्धी कानुन बनाउन नमिल्ने बताए । अब अवस्थामा स्थानीय निकाय रहेको अवस्था सबैले जनचेतना सम्बन्धी फैलाउने काम गर्नुपर्ने बताए ।
प्रहरी र अदालतले समेत यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने बताए । कतिपय अवस्थामा अदालतसम्म आएका मुद्दाका सवालमा पीडित पक्षलाई प्रलोभनमा पारेर पिडकले उन्मुक्ति नै पाएका छन् । कतिपय पीडितले नै प्रहरीमा एउटा बयान दिएर निबेदन दिने र अदालतमा अर्कै बयान दिने गरेको बताए । जसबाट पीडकले अदालतबाटै सफाई पाउने र उनिहरुको मनोबल बढ्ने अधिवक्ता योञ्जनको भनाई छ ।
कुनैपनि अपराधिक क्रियाकलाप लाग्नेहरुमा उनिहरुको समाजिक अवस्था, पारिवारिक र साथिसंगीको कस्तो संगत छ, भन्नेसँग सम्बन्धित हुने मनोचिकित्सक डा.अनन्त अधिकारीको भनाई छ ।
कुनैपनि अपराधिक क्रियाकलाप लाग्नेहरुमा उनिहरुको समाजिक अवस्था, पारिवारिक र साथिसंगीको कस्तो संगत छ, भन्नेसँग सम्बन्धित हुने मनोचिकित्सक डा.अनन्त अधिकारीको भनाई छ । त्यो मान्छे हुर्के बढेको समाजिक परिवेश, बुवाआमा बीचको आपसी सम्बन्ध, झगडा गर्ने, सधै तनाबग्रस्त बातावरणमा रहने, साथिहरु लागु प्रदार्थ दुव्र्यसनीमा लाग्ने सम्भावना गको छन, भने त्यस्ता व्यक्तिहरु प्रायः अपराधिक मनोबृत्तिका हुन्न सक्दछन् ।
Anti Social Personality विकारको शिकार भएका व्यक्तिहरु पटक पटक गल्ति गरेपश्चात सजायको भागिदार भई सकेपछि पनि पुनः अर्को अपराध गर्न उद्धत हुने खाल देखिन्छन् । पेडो फिलिया भन्ने मनोरोगको सिकार भएका व्यक्तिहरुले पनि बालबालिकालाई आफ्नो यौन सन्तुष्टिको माध्यम बनाउनका लागि बलात्कार तथा जसन्य अपराधका घटनाहरु घटाउने गर्दछन् ।
- मनोचिकित्सक डा. अधिकारीका अनुसार बलात्कारको सिकार भएकाहरुमा पर्ने प्रभावलाई तीन प्रकारले बर्णन गरिन्छ । जुन यसप्रकार छन् ।
पहिलोः (केहि दिनसम्ममा देखिने प्रभाव Acute Stress Reaction (ASR) (डर लाग्ने, निन्द्रा नलाग्ने, झस्किने, किसिमका समस्या आउने गरेको पाईन्छ ।
दोस्रोेः (महिना दिनसम्ममा देखिने प्रभाव Autism Spectrum Disorder (ASD (छटपटाउने, त्रासमै रही रहने खालका हुन्छन ।
तेस्रोः (पछिसम्ममा देखिने प्रभाव Post Tranmatic Stress Disorder (PTSD) (पहिलेको घटना पटक पटक मस्तिष्कमा आई रहने, अहिलेपनि बलात्कृत भई रहेको महसुस गर्ने । घटना सम्झना आईरहने स्थानको स्मरणको भएपनि पिडा हुने ।
तीनै चरणमा उनीहरुलाई तत्काल मनोपरामर्श तथा मनोपरामर्श लगायतको मानसिक स्वास्थ्य उपचारको आवश्यकता पदर्छ । यस्ता व्यक्ति, परिवार र समाजले हेर्ने दृष्टिकोण फरक हुने हुनाले पीडित व्यक्तिहरुमा जीवनप्रति चरम निराशा उत्पन्न हुन गई आत्महत्या प्रयास अथवा प्रयास हुन सक्दछ । यसर्थ बलात्कार पीडित व्यक्तिहरुलाई उचित मनोवैज्ञानिक सहयोगका साथै घर परिवार समाजबाटपनि प्रर्याप्त मात्रामा मनोसामाजिक सहयोग तथा माया प्रेम र ढाडसको जरुरी हुन्छ ।
बलात्कारको सिकार भएका पीडित बालबालिका वा महिलाहरुको उपचार दुई पद्धति प्रकारले गर्न सकिन्छ । पहिलो मनोपरार्श अर्को औषधि उपचार पद्धति हो । पहिलो पद्धति अनुसार उनीहरुलाई जतिसक्यो तेती चाडो काउन्सिलिङ गर्ने मायाप्रेमका कुरा गर्ने, तनाबबाट टाठा रहने उपाय सिकाउने, सामाजिक क्षेत्रमा सरिक गराउने क्रियाकलाप गर्नुपर्दछ । अर्को औषधि उपचारमा तत्कालै तनाब कम गर्ने औषधि उपचार गर्ने । जतिसक्दो उसलाई त्यस्ता किसिमका विकृतिबाट छुटकारा दिलाउनतिर लाग्नुपर्दछ । मनोचिकित्सक डा.अनन्त अधिकारी बलात्कृत बालिका वा महिलामा पर्ने मनोवैज्ञानिक तथा भौतिक चोटलाई तत्काल आउने र पछि आउने प्रभावका वारेमा हेर्नुपर्ने बताउछन् ।
मलुकुी अपराध संहिता, २०७४ परिच्छेद – १८ मा करणी सम्बन्धी कसूरमा सजायको व्यवस्था गरिएको छ । दफा २१९ मा जवजस्न ती करणी गर्न नहुने दफा १ मा कसैले जवजस्ती ती करणी गर्नु हुदैन । दफा २ मा कसैले कुनै महिलालाई मनजको मञ्जुरी नमलई करणी गरेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जवरजस्ती करणी गरेको मानिनेछ ।
मलुकुी अपराध संहिता, २०७४ दफा २१९ को उपदफा (३) मा जवरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गरेको परिस्थितिमा र महिलाको उमेर हेरी दहोय बमोजिम कैद हुनेछ :- (क) दश वर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता वा सत्तरी बर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद, (ख) दश वर्ष वा दश वर्ष बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्ष देखि बीस वर्षसम्म, (ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, (घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्ष सम्म, (ङ) अठार वर्ष वा अठार वर्ष भन्दा बढी उमेरकी महिला भए सात वर्ष देखि दश वर्षसम्म व्यवस्था गरिएको छ ।




