आजको मौसम: यी प्रदेशमा हुनेछ बदली

काठमाडौं । अहिले देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान :-

असोज २३ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ।प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली रहनेछ।

असोज २४ गते (शनिबार)
दिउँसः देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

असोज २५ गते (आइतबार)
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री