सामसुङ ग्यालेक्सी जेड फोल्ड-२ को प्रि-बुकिङ गर्न सकिने

काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेव गर्दा शुट हुन्छ ।

यस स्मार्टफाेन प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ मुल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुकाे साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् । ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक यस लिंक मा गएर गर्ने सकिनेछ । ग्राहकहरुले ५ हजार प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने छ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानि गर्नुपर्ने छ ।

‘अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध हुनेछ ।’, आईएमएस ग्रुपका अध्यक्ष तथा सिइअाे दिकेश मल्होत्राले बताए । स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

प्रि बुकिङ्गका लागि लिंक यस्ताे छ ।

https://cms-prd.mygalaxy-nbs.com/NP-ZFold2-Preorder/?

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री