काठमाडौं । नेपालमा सोमबारदेखि ओपो एफ-१७ को फर्स्ट सेल मार्फत् बिक्री खुल्ला गरिएको छ। सेप्टेम्बर २७ का दिन ओपो एफ-१७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ-१७ पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिए तापनि कार्यक्रममार्फत् फोनको फर्स्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । सोमबारदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ-१७ को बजार मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ-१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ ।
ओपोको नेपाल भर रहेका प्रमुख बिक्री केन्द्रहरुमा एफ-१७ उपलब्ध गराइएको छ । नेपालमा फोन ८ जीबी र १२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।
ओपो एफ १७ का विशेषताबारे संक्षिप्त जानकारी
ओपो एफ-१७ को एक प्रमुख विशेषतामध्ये यसको वजन पनि एक हो। कम्पनी काप्रो भर्जनका तुलनामा एफ-१७ ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी प्रोभन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ-१७ लाई स्न्याप ड्रागन ६६२ एसओसी ओक्टा-कोर चिपसेट क्लक्ड एट २ जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ ।
ओपो एफ-१७ मा सेल्फी क्यामेराका लागि वाटर-ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको व्यवस्था गरिएको छ । साथै, फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।
त्यसैगरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८ एमपी वाइड(एंगल क्यामेरा र दूईवटा मोनो सेन्सरसहित क्वाड क्यामेरा सेटअप दिइएको छ ।
त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको सुटरको व्यवस्था फोनमा रहेको छ । यो फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्टमार्फत् सपोर्ट हुने ३० वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ ।
नेपाली बजारमा लेडरजस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस