टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ। टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मोरङ सुनवर्सी-२ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

आइतबार साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका उनको  गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री