गण्डकी प्रदेशमा थप ९ संक्रमित थपिए

पोखरा।गण्डकी प्रदेशमा विहिबार थप ९ जनामा कोरोना पुष्टि भएको छ ।क्षयरोग  उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमितहरु थपिएका हुन्।

नयाँ संक्रमितहरुमा बाग्लुङका ४ जना र तनहुँका  ५ जना रहेका छन् ।प्रदेशमा हाल संक्रमितको संख्या ३९४९ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ११५५ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री