बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा दुई सय ४० दिने मुद्धती निक्षेपकोरुपमा २०७७ कार्तिक दुई गते देखि २०७८ जेठ ३१ गतेसम्मको लागि उक्त रकम राख्न लागिएको हो ।

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही असोज १८ गते आईतबार अपरान्ह चार बजेसम्म राष्ट्र आवेदन दिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, बिकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ छुट्याईएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंकहरुको निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम रहेको, कुनै पनि सञ्चालक तथा प्रमुख कार्यकारीहरुलाई कारवाही गरेको भए फुकुवा भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस