सट्टेबाजी खेल खेलाउने ३ जना विराटनगरबाट पक्राउ

मोरङ।मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर-१५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर-१७ का ४२ बर्षीय जगदिश साह रहेका छन् ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सुचनाका अाधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार  राती पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री