कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं । विराटनगर र  धरानमा उपचाररत थप २ कोरोना संक्रमितको ज्यान गएको छ ।

बुधबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो ।

यसैगरी सप्तरीको राजविराज-४ घर भएका ३९ वर्षीय पुरुषको बिहान  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस