एफ १७ प्रोका साथै एन्को डब्ल्यू ५१ र ओपो वाट्चपनि सार्वजनिक गरियो

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ ।

‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाव मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । ,‘ नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गरिएको छ ।

एफ१७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने हाम्रो विश्वास छ ।’

स्लिक तथा प्रिमियम डिजाइन

७.४८एमएम अल्ट्रा(स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ ।

साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८एमएम अल्ट्रा-थिन र १६४ ग्रामको अत्यधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग गरेको छ ।

हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७% स्क्रिन-टू-बडी रेसियो उपलब्ध गरिएको छ ।

उद्योगकै सानो ३.७एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल-पञ्च होल्सको प्रयोग गरिएको हो ।

फोनको लुक्स टे«ण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ१७ प्रोमा शाइनी म्याट रंगको प्रयोग गरिएको छ ।

यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स सहितको प्रिमियम फिलका साथै फिंगरप्रिन्ट रेजिस्टेन्टपनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक गरेको छ ।

अत्याधुनिक क्यामेरा प्रविधि

एफ१७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध गराउँछ ।

फोनको अग्र भागमा तस्विरमा बोके ईफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिंगको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ ।

डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्विरका साथै, भिडियो तथा शटमा रहेका बहु(संख्यक ब्यक्तीका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ ।

यसमा उपलब्ध गरिएको सफ्टवेयर(लेभल एआई प्रोसेशिंगले तस्विरमा रहेका ब्यक्तिको झुम्का तथा कपाल लगायत विवरणमा समेत स्पस्टता प्रदान गर्दै फाइनल फूटेजमा धमिलिनबाट जोगाउँछ ।

यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदान गर्दै प्रयागकर्तालाई शहरी स्ट्रिट स्टाई फोटो वा ट्राभल फोटामा पृथकता पस्कँदै नयाँपन दर्साउने अवसर उपलब्ध गराउँछ ।

एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआई मार्फत जीवन्तता प्रदान गर्छ ।

यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्विर लिन सघाउँछ । एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत साना साना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पूण निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ ।

त्यसैगरी, एआई ब्यूटीफिकेशन २.०ले प्राकृतिक स्किन टोनमा चमक प्रदान गर्दै महिलाहरुका टिका, आँखा लगायत तथा पूरुषका लागि आँखा, आँखिभौ, दाह्री(जुंगा लगायत विशेषता जोगाउन सघाउँछ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट(एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप र्फात पोटे«टमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ ।

बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लग खिच्न सघाउँछ ।

यो फिचरले फ्रण्ट फेसिंग क्यामेरामा उपलब्ध गायरोस्कोप र ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोल्यूशनको प्रयोग मार्फत हिँड्दा हिँड्दै वा दौडदै गरेको अवस्थामा समेत थरकाई रहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ ।

३०वाट भोक फ्ल्याश चार्ज ४.०ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ५ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पबजी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ ।

जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

यो चार्जिंग प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।

यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १००% चार्ज हुने ब्यवस्था मिलाउँछ ।

यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५% ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ ।

तिब्र, सहज र स्मूथ प्रयोग अनुभव

एफ१७ प्रोमा मिडियाटेक हेलियो पी९५ एआई चिपसेटका साथमा ८ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री(कार्ड स्लोटका माध्यमबाट ५१२जीबी सम्म बढाउन सक्छन् । एफ१७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ ।

यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्या आउन पाउँदैन । साथै, फाइल सिस्टममा रहेका डाटा पढ्ने तथा लेख्ने कार्यमा तिब्रता आउँछ ।

यसमा गरिएको मेमोरी डिफ्र्यागमेन्टेशन फिचरका कारण र अटोमेटिक डाटाबेस अप्टिमाइजेशन मार्फत फोन स्टटर हुने समस्यामा ५४%ले कमी आउँछ भने, फाइल पढ्ने तथा लेक्ने क्षमतामा २८%ले सुधार आएको छ ।

नयाँ फोनमा कम्पनीले एयर गेस्चर सुविधा पनि उपलब्ध गराएको छ । यसको सहायताले फोनलाई प्रत्यक्ष रुपमा नछोइकनै पनि प्रयोगकर्ताले २०देखि ५० सेन्टिमिटर सम्मको दूरीमा ईशारा मार्फतै कल उठाउन सक्छन् ।

विशेषगरी, हात भिजेका वा फोहर भएका अवस्थामा जब फोन छुँदा स्क्रिनमा हानी पुग्ने सम्भावना हुन्छ, त्यस्ता बखत यो फिचर निकै उपयोगी हुने निश्चित छ ।

एफ१७ प्रोमा ईन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिज्यूअल ईफेक्ट र डार्क मोड लगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् ।

फोनमा उपलब्ध गरिएको नयाँ डार्क मोडले उर्जा खपतमा ३८%ले न्यूनिकरण ल्याउन सघाउँछ । साथै, प्रयोगकर्ताले आफ्नो चाहना र आवश्यकता अनुसार डार्क टोनको समायोजन समेत गर्ने छुट उपलब्ध गरिएको छ । प्रयोगकर्ताका गोपनियताको सुरक्षार्थ एफ१७ प्रोमा मल्टि(यूजर मोडपनि उपलब्ध गरिएको छ ।

यसले फोनमा फरक फरक प्रयोगकर्ताका लागि पार्टिशन मार्फत ५ ओटा सम्म छुट्टा छुट्टै स्पेस निर्माण गर्छ । सव(यूजर र भिजिटरहरुले हरेक एकाउण्ट एक्सेसका लागि पासवर्डको प्रयोग गर्नु पर्ने हुन्छ ।

एफ१७ प्रोमा मल्टिटास्किङमा सहजताका लागि क्विक रिटर्न बबल फिचरपनि दिइएको छ । फेलोटिङ बबल मार्फत एक ट्याप गरेकै भरमा यसले एप्स तथा स्क्रिन स्विट्च गर्न प्रयोगकर्तालाई सहजता प्रदान गर्छ ।

त्यसैगरी यसमा रहेको हाई(ब्याण्डविथ डिजिटल कन्टेन्ट प्रोटेक्शन (एचडीसीपी) मार्फत प्रयोगकर्ताले नेटफ्लिक्स एचडी तथा एमेजन प्राइम भिडियो लगायत भिडियो तथा ईन्टरटेनमेन्ट एप्सका कपिराइटेड एचडी शोहरु ठूला स्क्रिनमा हेर्न सकिन्छ ।

ओपो१७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएका छन् ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक हुनेछ । यसको बजार मूल्य रु. ४३,९९० निर्धारण गरिएको छ ।

साथैः

एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्चपनि सार्वजनिक गरेको छ । ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः रु. २४,९९० र रु. ३४,९९० निर्धारण गरिएको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू५१को मूल्य ८,९९० निर्धारण गरिएको छ ।

ओपो एफ१७ प्रो र वाट्च खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८देखि ३० सम्म प्रि(बुकिङ खुल्ला गरिएको छ । एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७पनि सार्वजनिक हुने जानकारी दिएको छ ।

ओपो एफ१७ भने अक्टोबर ५देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य भने अहिले सम्म कम्पनीले खुलाइ सकेको छैन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघले भन्यो- सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो

काठमाडाैं । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा …

प्रतिकृया दिनुहॊस