बसले स्कुटीलाई ठक्कर दिंदा एक वर्षीय छोरासहित दम्पतीको मृत्युु

वीरगञ्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा बारा निजगढ नगरपालिका-१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् । उनका अनुसार उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले आइतबार पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।
ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री