नबिल बैंकले शेयर धितो राखेर सस्तो ब्याजदरमा कर्जा दिन थाल्यो

काठमाडौँ । नबिल बैंकले नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखेर सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउन शुरु गरेको छ।

५० लाख रुपैँया अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध गराउने नबिल बैंकले घोषणा गरेको छ।

आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकका संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको दाबी छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस