देश छोडेर भाग्न खोज्ने दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्ड

काठमाडौं । दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ । उक्त घटनालाई “क्रूर कार्य”को सङ्ज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए । उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो । विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको  ।

यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको  । देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले “गोली हानेर मार्ने” नीति लागु गरेको अनुमान गरिएको छ ।

भेटेपछि मृत्युदण्ड
दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए । यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए ।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ । उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ ।

उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थियो । सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ ।

सोलस्थित बीबीसी संवाददाता लोरा बिकरका अनुसार आफ्नो देशमा कोरोनाभाइरस महामारी नफैलियोस् भनेर उत्तर कोरियाली अधिकारीहरूले सबै खालका उपाय अवलम्बन गरिरहेको हुनसक्छ । त्यहाँ सरकारले सत्तारूढ दलको ७५ औँ वार्षिकोत्सवका अवसरमा अक्टोबर १० मा विशाल सैन्य परेडको तयारी गरिरहेका छन् ।

कोरोनाभाइरस नआओस् भनेर प्योङ्याङले ज्यानुअरीमा चीनसँगको सीमा बन्द गरेको थियो । जुलाईमा सङ्कटकालीन अवस्थालाई अधिकतम तहमा पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएका थिए । उत्तरका सैनिकहरूले दक्षिण कोरियाका गैरसैनिकलाई गोली हानी मारिदिएको यो दोस्रो घटना हो ।

यसअघि सन् २००८ जुलाईमा एक दक्षिण कोरियाली पर्यटकको कुम्गाङ पर्वतमा गोली हानेर हत्या भएको थियो । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस