पत्रकार शिवाकोटी र रिजाललाई भोकेशनल सुशासन अवार्ड

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।

सुशासनका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशिको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भए अनुसार शिवाकोटीसहित आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको रोटरीले जनाएको हो ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने उक्त अवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही रु पाँचपाँच लाखका दरले वितरण गरिने भएको हो । उक्त पुरस्कार इञ्जिनीयर रोटेरियन सुरेन्द्रगोविन्द जोशीले आफू र आफ्नी श्रीमती बद्रीलक्ष्मीका नाममा स्थापना गरेका हुन् । इ जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एकएक गरी सात उत्कृष्ट पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।

रोटरी वर्ष २०१९-२० मा सो अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौं, वातावरण पत्रकारिता क्षेत्रबाट टीका बन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह (न्यूजकारोवार डटकम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौंले पाएका छन् ।

यसैगरी प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौं, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह(कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरिन्युज डटकम) कैलालीलाई वितरण गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस