भारतमा कोरानाका कारण एकै दिन १ हजार ५६ को मृत्यु

facebook sharing button
twitter sharing button
pinterest sharing buttonकाठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १ हजार ५६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९०  हजार ७७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८० हजार ३ सय ९१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५६ लाख ५० हजार नाघेको छ । भारतमा कुल संक्रमित ५६ लाख ५० हजार ५ सय ४० पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस