काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई साथैे कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं–७, धम्पुस गरी ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बंैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म १८ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ ।
ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
प्रतिकृया दिनुहॊस