विष्णु महायज्ञको तयारी पुरा 

वीरगंज । वीरगंजको कुम्हालटोल स्थित सामुदायिक प्रहरी सेवा केन्द्र सँगै रहेको हनुमान मन्दिर परिसरमा हुन लागेको लक्ष्मी नारायण विष्णु महायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ ।
महायज्ञ स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा महायज्ञका मुख्य संयोजक अशोक कुमार गुप्ताले सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो ।
बैशाख ४ गते विहान ८ बजे भब्य रुपमा हनुमान मन्दिर प्राङ्गणबाट कलश यात्रा निकालिने र यज्ञ प्रारम्भ बैशाख ५ गतेबाट हुने  संयोजक गुप्ताले बताउनु भयो । यज्ञको उदघाटन वैशाख ५ गते प्रदेश सभासद एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले गर्ने पत्रकार सम्मेलनमा गुप्ताले जानकारी दिनुभयो ।
वैशाख ४ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा भारतको बृन्दावनबाट रामलिलाको टोली लगायत यज्ञ स्थलमा भव्य मेला तथा धार्मिक महोत्सवको समेत आयोजना गरिने व्यवस्थापन समितिका श्रवण रायमाझीले बताउनु भयो ।
महायज्ञ भव्य रुपमा सम्पन्न गर्न वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया, ७ का अध्यक्ष बसन्त भक्कड, १६ का अध्यक्ष श्याम बाबु चौरसियाको नेतृत्वमा विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको …

प्रतिकृया दिनुहॊस