सिद्धार्थ बैंकको नयाँ शाखा तिनचुलीमा

काठमाडौं । सिद्धार्थ  बैंकले काठमाडौंको  तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले  तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४ सय ५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको (UNO) क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप