सुनको मूल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । शुक्रबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस