गण्डकी प्रदेशमा शुक्रबार ३० संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका २६ जना रहेका छन् भने तनहुँ, कास्कीका २-२ जना रहेका छन् । नयाँ संक्रमित नवलपरासी (ब.सु.पू) जिल्ला, कावासोती-२ का ३९ र २० बर्षीय, कावासोती-३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

त्यस्तै तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको पे-क्लिनिकमा परिक्षणका लागि आएका हुन् । अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १९७५ रहेको छ भने निको हुने दर ५९.४७ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म ३३२१ जना संक्रमित भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १३ सय १५ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा …

प्रतिकृया दिनुहॊस