काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश पर्यटकहरुबीच लैजाने उद्देश्यका साथ आइतबारदेखि पदयात्रा सुरु भएको छ ।
पैदल यात्राको पहिलो दिन आइतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाइ गरिएको छ । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुरु गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको वताएका छन् । उनले सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन गर्दै यसलाई पर्यटक उद्योगकोरुपमा स्थगित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको पनि बताए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अभियानले नेपालकोअापर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उनले अभियानबाट हनुमानढोकादेखि स्वयम्भूसम्मको अन्य सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको परिचय विश्व समूदायले पाउने वताए ।



