झापा ।
झापाको कनकाई नगरपालिका -९ मा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका -९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन ।
बुधबार दिउसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



