काठमाडौँ । बुधबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ६ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस अघि यस्तै आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३१५ कायम रहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




