ताप्लेजुङ। ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा
३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन ।
आइतबार राति परेको अविरल वर्षाको कारण निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन पहिरोले बगाउदाँ सोही आयोजनाको पावर हाउसमा काम गर्दै आएका लिम्बु र थेवे अप्रेटरको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




