पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका ५ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन् । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७७३ रहेको छ भने निको हुने दर ६७.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २६१२ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
तपाईंको प्रतिकृया




