झापा । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत झापाको कन्काइ-३ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक महिलामा भाद्र १८ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । मृतक महिला मधुमेह रोगीबाट पीडित थिइन ।
तपाईंको प्रतिकृया




