बुटवल । रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं-.७ की ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ :५० बजे मृत्यु भएको हो ।
उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि भदौ ४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको हो ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नं -८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




