काठमाडौं । बर्दियाको मधुवन नगरपालिका ६ स्थित गुराँस माध्यमिक विद्यालयको लापरबाहीका कारण अनुत्तीर्ण हुनुपरेको भन्दै गल्ती सच्याउन पीडित विद्यार्थीहरुले माग गरेका छन् ।
विद्यालय अन्तर्गत सञ्चालित टी-एसएलसी प्रोग्रामको एक्वाकल्चर (Aquaculture)तर्फको बोर्ड परिक्षामा प्रयोगात्मक परीक्षामा विद्यालयले अनुत्तीर्ण दिएको छ । जस कारण विद्यार्थीहरु मर्कामा परेको युवा अगुवा समीर केसीले बताए । विद्यालयको यो लापरबाही तत्काल सच्याउन पीडित विद्यार्थीहरुको माग गरेका हुन् ।
केसीका अनुसार विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भन्दै ३ बुँदे माग राखेर उनीहरुले प्रशासनमा तालाबन्दी गरिएको छ । उनीहरुले अनुत्तीर्ण अंक सच्याउनुपर्ने, सच्याउन नसकिए क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । गल्ती सच्याउन र क्षतिपूर्ति दिन नसके कार्यक्रम संयोजक र प्रधानाध्यापकले राजिनामा दिनुपर्ने उनीहरुको माग छ ।




