काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ ले रसियामा प्रथम पुरस्कार जितेको छ ।
रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा ‘सहायक श्रीमान’ ले प्रथम पुरस्कार जितेको हो।
रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले ‘सहायक श्रीमान’लाई फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै फिल्मलाई प्रथम पुरस्कार स्वरूप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे।
तपाईंको प्रतिकृया




