धरानमा कोरोना संक्रमित दुई जनाको मृत्यु

काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचार गराइरहेका  २ जना कोरोना स‌ंक्रमितको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा   धरान-१७ की ७४ वर्षीया महिला र धरान-१७ कै ६० वर्षीय पुरुष  छन् ।

अस्पतालको  अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो ।

यसैगरी, ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको थियो ।

उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबार नै कोरोना पोजेटिभ देखिएको  थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मंसिर ५ गते पाँच …

प्रतिकृया दिनुहॊस