काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ७ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
बिहीबार ९७ हजार ८ सयमा कारोबार भएको छापावाला शुक्रबार सुन ७ सयले घटेर ९६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




