काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बिहीबार ६१ हजार नाघेको छ। बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ।
बिहीबार त्यहाँ ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित भेटिएका छन्। यससँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ। जसमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन्।
अब ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ। तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ ।
तपाईंको प्रतिकृया




