काठमाडौं । एनआईसी एशिया बैंकले भरतपुर महानगरपालिका ६, चितवनस्थित गीतानगर–चोकबजारमा आफ्नो शाखा स्थापना गरेको छ । एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताएका थिइन् ।
त्यस्तै बैंकका सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कार्यक्रममा जानकारी गराएका थिए ।
बैंकले हाल मुलुकभर १९२ शाखा कार्यालयहरु, १९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
तपाईंको प्रतिकृया




