काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि उक्त सहयोग बैंककोतर्फबाट सानो पहल भएको जानकारी गराएको छ ।
तपाईंको प्रतिकृया




