एउटा खरबुजाका कारण ८० करोड चट्

अमेरिकामा एउटा पसलेले एउटा खरबुजाका लागि ८० करोड रुपैयाँ मूल्य चुकाएका छन् । अमेरिकाको अलाबामास्थित शपिङ स्टोर वालमार्टका लागि एउटा खरबुजाको मूल्य ८० करोड परेको हो ।

सन २०१५ मा भएको उक्त घटनाका विषयमा अमेरिकी प्रान्त अलाबामाको एक अदालतले हालै फैसला सुनाएको छ ।

अदालतको फैसला अनुसार अब वालमार्टले खरबुजाका कारण घाइते भएका ग्राहक हेनरी वाकरलाई ७५ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ तिर्नुपर्नेछ । वास्तवमा भएको के थियो भने, सेवानिवृत्त सैनिक समेत रहेका वाकर किनमेल गर्न वालमार्टमा पुगेका थिए ।

वालमार्टमा उनले खरबुजा पनि किन्ने सोच बनाए र त्यहाँ रहेको एउटा खरबुजा हातमा लिएर एक कदम अघि बढ्ने के कोसिस गरेका थिए सामान राखिएको दराजबाट बाहिर निस्किएको काठको चुच्चोमा उनको खुट्टा अड्कियो र उनी भुइँमा बजारिए । सामान भरिएको र्याक पनि उनीमाथि बज्रियो जसका कारण उनको हिपको हड्डी भाँचियो ।

लामो उपचारपछि उनी निको त भए तर आफुलाई सख्त घाइते बनाउने सुपर मार्केटप्रति उनको रिस मरेको थिएन । उनले मोटो रकम क्षतिपूर्तिको मागसहित सुपरमार्केटविरुद्ध मुद्दा हाले ।

उनको त्यो मुद्दामा अदालतले हालै फैसला गर्दै वाकरलाई ७५ लाख डलर जरिवाना तिर्न सुपरमार्केटका नाममा आदेश दिएको छ । वालमार्टले भने सानो गल्तीमा निकै ठूलो सजाय पाएको भन्दै फैसलाविरुद्ध अपील गर्ने वताएको छ । एजेन्सी

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस