उनी विशेष गरी शास्त्रीय संगीतमा दख्खल राख्दछन् । रंगमञ्चमा स्वरसम्राट नारायण गोपालका गीत उनका प्रस्तुती बनेका छन् । गीत संगीतप्रति रुची राख्ने सुमधुर स्वर भएकाहरुले उनै स्वर सम्राटको उपमा पाउने गरेका छन् । ती मध्येका एक हुन बर्दियाको राजापुरका प्रबिन बेडवाल ।
एपि वन टेलिभिजनद्वारा प्रसारित रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा उनले पनि स्वर सम्राटकै उपमा पाए ।प्रतिस्पर्धामा गायन मार्फत दर्शक र श्रोताको मनजित्न सफल बेडवाल अब्बल प्रस्तुतीकै कारण निर्णायक कालीप्रसाद बास्कोटाबाट उस्तादको उपमा पाए ।
बर्दिया राजापुरको जन्मिएका बेडवालले भारतको तामिलनाडुमा संगीत शिक्षा प्राप्त गरे । निरन्तरको संगीतप्रतिको लगाबका कारण उनमा संगीतको मोह अझै बढ्दै गयो ।
संगीत क्षेत्रमा आफुलाई स्थापित गर्न उनी अवसर खोजीमा रहेका बेला रियालिटी शो नेपाल आइडलमा उनलाई अवसर मिल्यो ।
मिठो स्वर, प्रस्तुती र गायन कलाका कारण बेडवाल नेपाल आडइल सिजन ३ मा दर्शकाको मनमा बस्न सफल भएका छन् । सबै प्रकारको गीतमा आवाज मिलाउन सक्ने क्षमता उनीमा छ ।
नेपाल आइडल सिजन ३ को अडिसन देखि नै निर्णयाकहरुको मन जित्दै आएका उनले प्रतियोगिताका दौरानमा Uplifting performance of the day, respect performance of the week लगायत अन्य अवार्ड हात पारे ।
सामान्य परिवारमा जन्मिएका बेडवालको संगीतप्रतिको मोह र ढृढ लगावकै कारण आज नेपाल आडइल सिजन ३ को अन्तिम चरणसम्म पुगेका हुन । फाइनलमा तीनमा बेडवालसँगै प्रतिस्पर्धीमा महोत्तरीका किरण भुजेल र मोरङकी सज्जा चौलागाईं रहका छन् । अन्तिम तीन प्रतिस्पर्धी मध्ये नेपाल आईडल बन्न दर्शको साथ उनले खाजेका छन् । बेडवालले नेपाल आडइलको उपाधि चुम्नका लागि मात्र एक खुड्किलो पछाडि छन् ।
बेडवाललाई भोट गर्नको लागि नेपालबाट मोबाइलमा NI 09 टाइप गरि 37000 मा पठाउनु पर्ने वा 16667709 मा Dial आफ्नो मत दिन सकिने छ ।
भारतमा Vodafone प्रयोगकर्ताले 53010 मा, कतारमा Oredoo प्रयोगकर्ताले 92300 मा र मलेसियामा All Tetecos प्रयोगकर्ताले 33310 मा voting कोड NI 09 टाईप गरि SMS गर्न सकिनेछ । अनलाईन भोटको लागि Respect and Rise or E-sewa app प्रयोग गरि भोट गर्न सकिने छ । २०७७ भाद्र १२ गते शुक्रबार साँझ ५ बजेसम्म भोट गर्न सकिनेछ ।
#रश्मी महत




