काठमाडौं । यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्ट फोन २०२०-२०२१’ उपाधिप्रदान गरेको छ ।
ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्त एक समुह हो ।
‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझविशेष छ ।
यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो ’, इआईएसएले उल्लेख गरेको छ ।
‘ईआईएसएद्वारा पहिलो पटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ ।हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँमानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तर क्रिया, डिस्प्ले अनुभव लगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओपो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।
ओपो फाइन्ड एक्सटू प्रोमाबजारकै सर्वोत्कृष्ट गुणस्तरको १२०एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन जडान गरिएको छ ।
यसमा अत्याधुनिक फोटो ग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणाली पनि उपलब्ध गरिएको छ ।यसमा सुसज्जित फ्ल्यागशिपक्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५वाट सुपरभोक २.० फ्ल्याशचार्ज (ओपोद्वारा डिजाइन तथा विकास गरिएको)ले प्रयोगकर्तालाई नौलो तथा उत्साह जनक अनुभव प्रदान गर्छ ।
प्रतिकृया दिनुहॊस