सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीका लागि ३६० ट्रान्सफोर्ट सोलुसन्ससँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा  बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका  छन् ।

सो सम्झौता पश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।

बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहि हदसम्म भएपनि बस भाडाका लागि खुद्रा बोक्नुपर्न झन्जट नरहने बैंकको विश्वास छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस