सनराइज बैंकले ल्यायो नारी बचत खाता, २ हजार रूपैयाँसम्म क्यास ब्याककाे सुविधा

काठमाडौँ । सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘सनराइज नारी बचत खाता’ सुरुवात गरेको छ ।

तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

बैँकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास ब्याक दिने व्यवस्था समेत गरेकोे छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस