रौतहट : मन्दिरका पूजारीको गोली हानी हत्या

रौतहट । रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कञ्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान थालेको पनि उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री