रियलमीका ४ नयाँ डिभाइस बजारमा

काठमाडौं । रियलमी स्मार्टफोन ब्राण्डले नेपाली बजारमा एकैपटक चारओटा नयाँ डिभाइस सार्वजनिक गरेको छ

चार नयाँ उपकरणहरुमा रियलमी स्मार्ट ब्याण्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी रहेको छ ।

रियलमी स्मार्टघडी

कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले भएको रियलमीको पहिलो स्मार्टघडीमा ब्राइटनेसको १० तहसम्म रहेको छ। कोर्निङ सुरक्षा भएकाले नकोतरिने र कलरसहितको चम्किलो डिस्प्ले छ जसले यसलाई यो मुल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ ।यसको शानदार डिस्प्ले बाहेक, स्मार्ट घडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि GOODiX PPG हर्ट रेट सेन्सरका साथ आउँछ । प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आइओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी ६८ वाटर रेसिस्टेन्टको मज्जालिन सक्दछन् ।

रियल मी स्मार्ट ब्याण्ड
ब्याण्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससँग ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ ।

भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक फंशनहरु प्रयोग गर्न सक्छन् ।

रियलमी ब्याण्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र आइपी६८ वाटर रेसिस्टेन्ट जस्ता विशेषताहरु छन् ।

साथै यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु पर्दैन ।

रियलमी बड्स एयर नियो

१७ घण्टाको ब्याट्री लाइफ र ध्वनीको राम्रो गुणस्तर सहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव  गर्न सकिन्छ ।रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको कम्पनीले बताएको छ। बड्स एयर नियो गेमिङ मोडका साथ रहेको छ।

रियलमी बड्स एयर
यसले  लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपबाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन-इयर डिटेक्शन प्रदान गर्दछ । यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक एल्लो कलर उप्सनमा उपलब्ध छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस