सुनको मूल्य २२ सयले बढ्यो, कारोबार कतिमा?

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा २ हजार २ सय र चाँदी ६५ रुपैयाँले घटेको हो ।

सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाला सुन मंगलहबार २ हजार २ सयले बढेर १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ६५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री