सिटि डान्स च्याम्पियनसिप २०७४ एन्ड फुड फेस्टिभलको आयोजना गरिने

ग्रीन सिटि उपभाेक्ता समिति र सिटि डान्स ऐकेडमीको संयुक्त आयोजनामा बिरगंजको आदर्शनगरमा सिटि डान्स च्याम्पियन सिप २०७४ एन्ड फुड फेस्टिबल को आयोजना हुदैछ । सिटि डान्स ऐकेडेमीको हलमा पत्रकार संम्मेलनको आयोजनामा ग्रीन सिटि सडक महाेत्सव उपसमितिका संयोजक मुडली जलानले यहि चैत्र ३० गते शुक्रबार साझ ५ बजेदेखि राति १० बजेसम्म आदश नगर चाेकदेखि भाजुरत्न चौक सम्मको दुरीमा आयोजन गर्न लागेको सिटि डान्स च्याम्पियन सिप २०७४ एन्ड फुड फेस्टिबलमा धेरै भन्दा धेरै सहधभगीता भई सफल पारिदिन आग्रह गर्नुभयो ।

नयाँ बर्षको अवसरमा गर्न लागीएको फुड फेस्टिभलमा नेपाली तथा मारवाडी लगायत बिभिन्न प्रकारका खानेकुराका स्टलहरु राखिएको जनाउदै आयोजक समितिका सुनिल रुगटाले फुडका लागी रु २० ,५०,१०० र २५० सुल्क लाग्ने र प्रवेश सुल्क नलाग्ने जानकारी दिनुभयो । सो फ‍ेस्टिबलमा सिटि डान्स च्याम्पियन सिप २०७४ पहिलोपल्ट गरिने छ । साथै यस च्याम्पियन सिप प्रतिस्पर्धी बिजेता लाई रु ५० हजार नगद तथा सहभागीहरु लाई गीफ्ट प्रदान गरीने आयोजक समितिको तर्फबाट सिटि डान्स ऐकेडमीका निर्देशक राजन रौनियारले जानकारी दिनुभयो । प्रतियोगीहरुलाई कुनैपनि सुल्क नलाग्ने र ५ बर्ष देखि ३५ बर्ष उमेर पुगेका ब्यतिहरुले भाग लिन पाउने निर्देशक रौनियारले भोलि शनिबार हुने र फाईनल चैत ३० गते हुने जानकारी दिनुभयो ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस