काठमाडौँ । एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका छन् ।
उक्त कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेल लगायतका उपस्थिति रहेको बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
तपाईंको प्रतिकृया




